काठमाडौं–भाडावाला सरोकार समाज नेपालले महाभूकम्पबाट प्रभावित भाडावालको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभस्कमम्पबाट भाडावाला मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो।समाजले महाभूकम्पबाट प्रभावित भाडावालको लगत लिई भूकम्प पीडित परिचयपत्र पुर्नस्थापना गर्नुपर्ने, भत्किएका घरमा भाडावालका सामान नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नुपर्ने, तीन महिनाको भाडा छुट गर्र्नुपर्ने, डेरा कोठाको भाडादर वैज्ञानिक रुपले निर्धारण गर्नुपर्ने, प्रभावितहरुको लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने, कालोबजारी महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माँग अघि सारेको छ।
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरी खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीको बसाईँथलो भएको भन्दै हालै आएको महाभूकम्पबाट अधिकांश यीनै व्यक्ति प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका हुन्।कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावाल हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
