काठमाडौ, ११ जेठ ।
सरकारले भुकम्प पीडितलाई ५० हजार रुपैयाँ सम्मको ऋण मिनाहा दिने निर्णय गरेको छ ।
अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषदको आर्थिक तथा पुर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँसम्म ऋणको साँवा र व्याज मिनाहा दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद हुदै समितिमा पुगेको भुकम्प पछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो ।
यस सम्बन्धी कार्यविधि राष्ट्र बैंक र अर्थ मन्त्रालयले तयार पार्दै छन् ।कति ऋण हो रु, भुकम्पबाट कति क्षति भएको हो रु, आर्थिक हैसियत के हो रु के शिर्षकमा ऋण लिएको हो रु भन्ने बिषयको मुल्याङन गरेर मिनाहा गरिने हो, महतले भने,यस सम्बन्धी कार्यविधि बन्दै छ । मोडालिटिवारे कार्यविधिले निर्धारण गर्ने छ ।
कार्यविधि बनाउन अर्थ र राष्ट्र बैंक जुटिसकेको उनले बताए । समितिको निर्णय अनुसार यस्तो कार्यविधि १५ दिनभित्र बनाईसकनुपर्ने छ ।
प्रभावित क्षेत्रका बैंकका ऋणिहरुका लागि ऋणको सिमा, आर्थिक अबस्था र क्षतिको आधार हेरी व्याज र ऋण भुक्तानी तोकिएको पुनरसंचना गर्ने एंव कार्यविधि बमोजिम पचास हजार सम्मको ऋणको साँवा र व्याजा मिनाहा दिने, निर्णयमा उल्लेख छ ।
ऋण मिनाहा सरकारी मात्रै नभएर निजी बैंकले समेत गर्नुपर्ने छ । त्यसको प्राबधान बारे अहिलेनै कार्यक्रम भने बनिसकेको छैन । समितिका सचिब शान्तराज सुवेदीले ऋण मिनाहाको निर्णय भएपनि थप व्यवस्था कार्यविधिले गर्नेछ ।
ुयो जुनकुनै बैंकबाट ऋण लिएको भएपनि मिनाहा दिनुपर्छ, उनले भने,यस सम्बन्धी बृहत कार्यविधि भने दुई निकायले बनाउने छन् । उक्त मापदण्डको आधारमा कार्यक्रम तह हुने छ ।
कार्यविधि बनिसकेपछि चालु आर्थिक बर्षको असाढ मसान्तसम्मको यस सम्बन्धी काम सम्बन्धीत बैंकले सक्नुपर्ने छ । सरकारको उक्त निर्णय पछि मिनाहा भए बराबरको रकम सरकारले् बेहोर्नुपर्नेछ । कान्तिपुर दैनिकमा समाचार छ ।