कालिगण्डकी नदी थुनिएर ताल बन्यो ,स्थानियको भागाभाग

कालिगण्डकी नदी थुनिएर ताल बन्यो ,स्थानियको भागाभाग

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ ,१० जेठ ।
म्याग्दीको राम्चे ९ काफलडाडामा सुख्खा पहिरो खसेर कालिगण्डकी नदी पुरै थुनिएको छ । पहिरोले बैसेरी बस्ती नै पुरेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका डिएसपी हिरा गिरीले जानकारी दिनुभयो । राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको थियो ।

उहाका अनुसार कालिगण्डकीको बिच भागमा नै पहिरो खसेर १ सय ५० मिटरको डि बन्नुका साथै १ किलोमिटर माथि पानी आईसकेको छ ।
त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन । सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, गिरीको भनाई छ ।

राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बस्ती पुर्नुका साथै नदि थुनिएर ताल बनेको हो ।

राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको डिएसपीे गिरीले बताउनु भयो । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । बैंसरीमा ठुलो ताल बनेको छ । बैसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।

मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् ।

प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन् ।

पहिरो झरेको स्थानमा बस्ती नभएको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थानमा अहिले जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीका प्राविधिक पुगिसकेको जानकारी दिदै उहाले आफु पनि घटनास्थल स्थल तर्फ गईरहेको बताउनु भयो ।
यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पनि पुगिसकेको छ ।

पहिरोले कालीगण्डकी ए, जलविद्युत परियोजनाको पावर हाउस तथा उत्पादन गृहसमेत प्रभावित हुने खतरा बढेको छ ।

पाल्पाका स्थानियलाई सचेत रहन आग्रह

पाल्पा र आसपासका नदी छेउका गाउँ तथा बस्तीहरुमा स्थानीय रेडियोमार्फत नदी किनारका वासिन्दालाई सबै खबर गरिराखिएको पाल्पा प्रहरीले जनाएको छ ।

कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ ।
घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी तटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ ।

शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो । बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानियले बताएका छन् ।

काठमाण्डौबाट नदि खुलाउन सेनाको विशेष टोली जादै

पहिरोले थुनिएको कालिगण्डकी खुलाउन नेपाली सेनाको विशेष हेलिकप्टोर काठमाडौंबाट म्याग्दी जाउँदैछ ।

भगवति–२ वैंसरी र राम्चे गाविसको सीमाना पहिरो जाँदा थुनिएको कालीगण्डकी नदीको बाँध खुलाउन नेपाली सेनाको विशेष हेलिकोप्टर जान लागेको हो ।

बेनी नगरपालिकामा रहेको इन्द्रबक्स गणको समन्वयमा केन्द्रबाट इञ्जियिनर सहितको टोली घटनास्थल आउन लागेको गणपति मनोजकुमार सिलवालले जानकारी दिनुभयो ।

उँहाका अनुसार, केहीसमय भित्र टोली आइपुग्नेछ । ‘इञ्जिनियर सहितको टोली आउँदैछ, उहाले भन्नुभयो उनीहरुले अध्ययन गरेपछि विस्फोट पदार्थ लिईनेछ ।

प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जोखिमको अवस्था उच्च रहेकाले गलेश्वर, बेनीबजार, पर्वत बेनी, पर्वत, बाग्लुङ र स्याङजाका नदी किनारका बस्तीहरु सुरक्षित स्थानमा सारिएको बताउनुभयो । यसैबीच, बेनी–जोमसोम सडक खण्ड अबरुद्ध बनेको छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नदी खुलाउन नेपाली सेना, भूगर्भ्विद र इन्जिनियरहरुको टोली हेलिकोप्टरबाट म्याग्दी जान लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी