आज साझ आएको आएको हुरीबतासले रुख ढल्दा काठमाडौंको सानोभर्याङमा एक महिलाको ज्यान गएको छ ।
पतिसँगै मोटरसाइकलमा बुढानिलकण्ठस्थित घर जाँदै गरेको अवस्थामा रुख ढलेर किच्दा लक्ष्मीकुमारी सुवेदीको ज्यान गएको हो ।
रुखले किचेर गम्भीर घाइते भएकी सुवेदीलाई उपचारका लागि बालाजुस्थित जनमैत्री अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए ।