सरकार कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गर्दै

सरकार कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गर्दै

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ, ९ जेठ ।
सरकारले बन्दी जीवन विताइरहेका विभिन्न कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको छ । आगामी जेठ १५ गते कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले असल आचारण भएका र ५० प्रतिशत सजायँ भुक्तान गरिसकेकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने ब्यवस्था रहेको बताए ।

रिपोटर्स क्लवले शनिवार गरेको अन्तरक्रियामा बोल्दै उनले कानूनमा तोकेको १३ किसिमका अपराध बाहेककालाई मात्रै छाडिने स्पष्ट पारे । सबै कैदीबन्दीलाई आममाफी दिन नसकिने उनले स्पष्ट गरे ।

भूकम्प कुनै खुसीको अवसर नभएकोले कैदीबन्दीलाई माफी दिन नहुने स्पष्ट गरे । भूकम्पले आपराधिक स्वरुपमा परिवर्तन नगर्ने उनको भनाई थियो ।

सबै कैदी बन्दीलाई आममाफी दिए सामान्य ब्यक्ति र अपराधीवीच फरक नहुने भन्दै असुरक्षित भवनमा रहेका कैदी बन्दीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रम जारी रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी