एक थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

एक थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,९ जेठ ।
प्रहरीले वीरगन्जको लुम्बिनी होटलबाट एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत विहारको सिवान जिल्ला रामनगर बस्ने २७ वर्षीय प्रवीण सिंह र २८ वर्षीय मुकुल सिंहलाई एक थान आधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोलीसहित पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी होटलका कर्मचारीलाई हतियार देखाई डर त्रास देखाएको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो  ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक दिवेश लेहनीले हतियारसहित पक्राउ गरिएका भारतीय नागरिकहरु आपराधिक घटना र भारतीय आपराधिक समूहसँग संलग्न भए÷नभएको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी