काठमाडौं ,९ जेठ ।
भुकम्प पिडितको उद्धार र राहतमा सक्रिय सुरक्षाकर्मी सम्मानित हुने भएका छन् । नेपाल प्रहरीले भूकम्पबाट पीडित भई उद्धार र राहतका लागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई पुरस्कृत गर्ने भएको हो ।
क्षतिग्रस्त प्रहरी इकाई निरीक्षण गर्न धादिङ पुगेका मध्य क्षेत्रीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपेन्द्र सुवेदीले आफै पिडीत भएर उद्धार र राहतमा निरन्तर सक्रिय प्रहरीलाई पुरस्कृत गर्ने बताउनुभयो ।
मध्यमाञ्चलका १९ जिल्ला मध्ये भूकम्प प्रभावित १४ जिल्लाका २ हजार ५ सय प्रहरी परीवार पीडित भएको प्रहरीको तथ्याङ्क छ ।
यस्तै मध्यमाञ्चलका ६ प्रहरीले ज्यान गुमाएका छन् । सो क्षेत्रमा २ सय ५० प्रहरी युनिट क्षतिग्रस्त भएकाले तत्काल पुननिर्माण गरिने पनि सुवेदीले बताउनुभयो । प्रहरीले पिडितको उद्धार र राहत वितरण तथा भत्किएका संरचनाको भग्नावशेष हटाई सरसफाई गर्ने कार्य जारी राखेको छ ।