छाक काटेर भूकम्पपीडितका लागि खाद्यान्न संकलन गर्दै कञ्चनपुरका आरक्ष पीडित

छाक काटेर भूकम्पपीडितका लागि खाद्यान्न संकलन गर्दै कञ्चनपुरका आरक्ष पीडित

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ, ९ जेठ ।

कञ्चनपुरका भूमिहिन आरक्ष पीडितहरु भूकम्प पीडितहरुका लागि खाद्यान्न संकलनमा जुटेका छन् ।

घरबार बिहिनताको अवस्थाका मानिसको दैनिक जिवन नाजुक हुने भन्दै भूकम्प पीडितहरुका लागि खाद्यान्न संकलनमा जुटेका हुन् । आरक्ष पीडित संघर्ष समितिको नेतृत्वमा शनिबार देखि देखतभूली १ ढक्का आरक्ष पीडितको शिबिरमा राहातका लागि भन्दै खाद्यान्न समाग्री संकलन भईरहेको छ ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले देश राष्ट्रिय विपद्मा परेका बेला आरक्ष पीडितहरुले आफ्नो पीडालाई थाति राखेर भएपनि भूकम्प पीडितहरुको घाउमा मलम लगाउने उदेश्यले खाद्यान्न समाग्री संकलन गरिरहेको बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार गहुँ , दाल, चामल संकलन गर्न लागिएको छ । पहिलो चरणमा ढक्का शिबिरबाट राहात संकलन गरिने छ । शिबिरका प्रत्येक घरबाट सक्दो एक मुठी देखि किलोसम्म खाद्यान्न संकलन गरिरहेको अध्यक्ष भण्डारीले बताए । १० दिन सम्म राहत संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा राहत बुझाईने छ ।

सकलन गरिरहेको राहात प्रभावित जिल्लामा पठाउन प्रशासन संग आग्रह गरिने आरक्ष पीडितहरुको भनाई छ । आफै पनि आरक्ष पीडित विगत लामो समय देखि भूमि,घरबार बिहिन भएता पनि यस्तो मानविय संकट परेका बेला एक नेपालीले अर्को नेपालीलाई आफ्नो क्षेत्रबाट सक्दो मानविय सहिसुषता दिलाउन खाजेको अध्यक्ष भण्डारीले बताए ।

“हामी आफै घरबार बिहीन के दिन सक्छौँ, केबल पीडितको घाउमा मलम लगाउने काम मात्रै हो ।”, उनले भने । आरक्ष पीडित संघर्ष समितिका सल्लाहकार गोबिन्द नेपालीले सरकारले आरक्ष पीडितहरुको जसरी बेहाल बनायो, ठिक त्यसरी नै आज भूकम्प पीडितहरुको राहातमा ध्यान नदिएका कारण बाँचेका भूकम्प पीडितहरुले भोकभोकै रात काट्न बाध्य रहेको भन्दै उनीहरुको केही दिन भएपनि भोक मेटाउने उदेश्यले राहत संकलन गर्न लागेको बताउनुभयो ।

“हामीहरुको त सरकारले गाँस खोस्यो, तर भूकम्प पीडितहरुको सम्मानजक रुपमा गाँस,बासको व्यवस्था गर्नुपर्छ । ”, उनले भने । खुलाआकास मुनी जिवन बिताउन बाध्य भएका आरक्ष पीडितहरुले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न लागेको उनको भनाई छ

आरक्ष पीडितहरु यती मात्रै सोच्दै छन् । सरकारले हामी आरक्ष पीडितहरुलाई जसरी टुहुरा बनायो, ठिक त्यसै गरि भूकम्प पीडितहरुलाई पनि टुहुरा बनाउने खतरा छ ।

“आँखिर विपद्को पीडा हामीहरुलाई थाहा छ, त्यो पीडा हामीले विगतदेखी भोक्दै आएका छौँ ।”, उनले भने । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाका पालमा संकटकाल लगाएर कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित गराएकाहरुको हालसम्म पनि पूर्नस्थापना हुन नसक्दा उनीहरु देखतभूली, वाणि,झलारी लगायतका विभिन्न शिबिरहरुमा बस्दै आएका छन् ।

आफै भूमिहिन राज्यबाट टुहुरा बनाईएका नागरिकहरुले यसरी आफ्नो पेटको लागि बजारदेखि किनेको चामल, दाल, गहुँ महाभूकम्प पीडितहरुका लागि संकलन गर्नु ठुलो समाजिक देन भएको कञ्चनपुरका स्थानिय बासिन्दाहरुको विश्लेषण छ  । कञ्चनपुरमा २४ सय ७३ बढि शुक्लाफाँटा बन्यजन्तु आरक्ष पिडित रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी