जेष्ठ ९ काठमाण्डौ ।
सिगो नेपाली फिल्म उद्योग भूकम्पका कारण स्तव्ध भईरहेका बेला ‘हाइवे टु धम्पुस’ले न्युयोर्कको सोहो फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको उपाधि हात पार्न सफल भएको छ ।
फिल्मले ‘वल्र्ड सोकेस’ क्याटोगोरीमा जुरी अवार्ड हात पारेको हो ।
राज वल्लभ कोईरालाको अभिनय रहेको यो फिल्मले अवार्ड हात पारेको जानकारी दिदै उनले फिल्म हाइवे टु धम्पुसले सोहो फिल्म फेस्टिबेलमा ‘बेस्ट फिचर वल्र्ड सो केस’अवार्ड जितेको बताएका छन् ।
फिल्मको टिकट विक्रीबाट उठेको सम्पूर्ण रकम नेपालका भूकम्प प्रभावितका लागि प्रदान गर्ने आयोजकले जनाएको छ । च्यारीटीमा ३ हजार अमेरीकी डलर सकलन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline