काठमाडौ, ९ जेठ ।
सरकारले विनाशकारी भूकम्पपछि उपत्यकालगायत देशभर दुई तलाभन्दा माथिका घर बनाउन प्रतिबन्ध लगाए पनि राजधानीकै मुटु मािनने नयाँसडकजस्ता घना बस्तीमा धमाधम मापदण्डविपरीतका घर निर्माण भइरहेको छ
मापदण्डविपरीत बनेका घरहरुसमेत भत्काउने निर्णयको बेवास्ता गर्दै जोखिमपूर्ण घरहरुको निर्माण कार्य नरोकिएको पाइएको छ ।
सरकारले बुधबार वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नक्सा पास गरी निर्माणको काम गरिरहेकै भए पनि दुई तलाभन्दा बढी बनाउन नपाउने निर्णय गरेको छ ।
इन्द्रचोकको धाराचोकमा १० र रञ्जना हलछेउमा आठ तले संरचना बनेको दुई घरमा क्रमशः बिहीबार र शुक्रबारसम्म काम भइरहेको पाइएको छ । नयाँ सडककै भोसिकोमा भने १२ तले संरचना निर्माण भइसके पनि बाँकी काम भएको छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline