नागरिक उडड्यन मन्त्रीमा शेर्पा नियुक्त : आजै साँझ सपथ गराईने

नागरिक उडड्यन मन्त्रीमा शेर्पा नियुक्त : आजै साँझ सपथ गराईने

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ, ८ जेठ ।

प्रधानमन्त्री सुशील कोइरालाले सभासद् कृपासुर शेर्पालाई मन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आज संविधानको धारा ३८ को उपधारा ५ बमोजिम शेर्पालाई नियुक्त गर्नुभएको हो ।

कोईरालाले शेर्पालाई मन्त्री पदमा नियुक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।शेर्पालाई आजै साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने जनाइएको छ ।

एमालेबाटै नियुक्त दीपकचन्द्र अमात्यले राजीनामा दिएपछि भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित शेर्पालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

त्यस्तै प्रधानमन्त्री कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले उहाँलाई हालसम्म गर्नुभएको कामका लागि धन्यवाद दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी