काठमाडौ, ८ जेठ ।
दिनै पिच्छे आत्माहत्याका घटना बढ्दै गएको बैतडीमा हिजो बिहिबार पनि एक जना ४५ वर्षिय पुरुसले झुण्डीएर आत्माहत्या गरेका छन् ।
बैतडीको दशरथचन्द नगरपालीका १ भुलगाँउका ४५ वर्षीय मुकेस भुलले झुण्डीएर आत्माहत्या गरेका हुन् ।
भुलले किन आत्माहत्या गरेका हुन भन्ने बारेमा भने अहिलेसम्म केहि थाहा नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सवलाई आज बिहान पोष्टमाटम गरी परिवारको जिम्मा लगाईसकेको छ । मृतक भुलका घरमा श्रीमति एक छोरा र एक छोरी छन् । बैतडीमा आत्माहत्याका घटनाले भयाबह रुप लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline