काठमाडौ, ८ जेठ ।
लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा, खरिदार तथा स्वास्थ्य सेवा तर्फको विभिन्न पदको लागि स्थगित परीक्षा आउँदो २९ गतेदेखि संचालन गर्ने निर्णय गरेको उपसचिव गीताकुमारी हुमागाईंले जानकारी दिनुभयो ।
यी पदको लिखित परीक्षा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो ।
आयोगले पूर्वनिर्धारित कार्यतालिकामा भूकम्पका कारण केही तलमाथि भएपनि कुनै फरक नपर्ने जनाएको छ । यसको थप जानकारी यहाँबाट पनि लिन सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline