विस्थापित बालबालीकामा निमोनिया र झाडापाखालाको समस्या

विस्थापित बालबालीकामा निमोनिया र झाडापाखालाको समस्या

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ, ८ जेठ ।

भूकम्पपछि विस्थापित धेरैजसो बालबालीकामा निमोनिया र झाडापाखालाको समस्या देखिन थालेको छ ।

बिहान बेलुका चिसो हावा चल्ने र दिउँसो गर्मी हुने तर आवश्यक पुर्वाधार नहुदा पालमा बस्दै आएका बालबालीकाहरुमा निमोनिया र झाडापखालाको समस्या देखिएको बाल रोग विशेषज्ञ डाक्टर संगिता शाक्यले बताउनुभयो ।

भुकम्प पिडित बमालबालीकाहरु त्रिपालमुनि बस्दा चिसो लाग्ने डरले कतिपय अभिभावकले बाक्लो लुगा लगाइदिँदा पसिना आउने र पसिनाकै चिसोका कारण केटाकेटीलाई निमोनिया हुने गरेको डाक्टर शाक्यले बताउनुभयोे ।

यो समस्या बाट जोगिन पानी शुद्धिकरण गरेर मात्र पिउन र बच्चाको दिसापिसाब धोएपछि साबुन पानीले हात धुनु डक्टरको सल्लाह छ । यस्तै केटाकेटीको हातखुट्टाको नङ काटिदिन, उमालेको मात्र पानी खुवाउन र आमाको दूध खुवाउन पनि उहाँले सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी