हिरासतमा पुगेपछि फेरियो ज्योतिषको भविष्यवाणी

हिरासतमा पुगेपछि फेरियो ज्योतिषको भविष्यवाणी

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ, ८ जेठ ।

ठूलो भूकम्प आउने भविष्यबाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविद्हरुले नै भूकम्प आउने – नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्याबाणी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । नागरिक दैनिकमा समाचार छ ।

वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्‍यायाे।

चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरुले नै अफबाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन् ।

ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्याबाणी गरेर सर्वसाधारणमा डरत्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तव्यस्त बनाउन खोज्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी