पुर्नकर्जासम्बन्धी कार्यविधि लागू, २ प्रतिशत ब्याजमा २५ लाख रुपैयाासम्म ऋण लिन सकिने

पुर्नकर्जासम्बन्धी कार्यविधि लागू, २ प्रतिशत ब्याजमा २५ लाख रुपैयाासम्म ऋण लिन सकिने

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, जेष्ठ ७ ।
नेपाल राष्ट्र बैंकले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प प्रभावित घर–परिवारलाई घर पुन:र्निमाणका लागि प्रवाह गरिने पुर्नकर्जासम्बन्धी कार्य्विधि लागू गरेको छ ।

आवासीय कर्जामा नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने पुर्नकर्जा प्रयोजनका लागि कार्य्विधि लागू गरिएको हो । पुर्नकर्जाको अधिकतम् सीमा काठमाडौं उपत्यकामाप्रति घरपरिवार २५ लाख र उपत्यकाबाहेकका प्रभावित जिल्लामा १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुन:र्निर्माण प्रयोजनका लागि मात्र हुने केन्ऽीय बैंकले जनाएको छ ।

यो सुविधा ऋणी तथा निजको परिवारका सदस्यहरुसाग बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुन:र्निर्माण प्रयोजनका लागि प्रदान गर्ने ऋणमा अधिकतम् २ प्रतिशत सम्म मात्र ब्याजदर लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सो प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुर्नकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम् १० बर्षसम्मको हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी