दोलखा सिंगटीका भूकम्प पिडितलाई पोखरेलीको सहयोग

दोलखा सिंगटीका भूकम्प पिडितलाई पोखरेलीको सहयोग

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पोखरा ७ जेठ ।

गत बैशाख २९ गते गएको विनासकारी भूकम्पबाट बढी क्षति पुगेको दोलखाको सिंगटीमा पोखराका विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका छन ।

दोलखाको सिंगटी भिमेस्वर पुगेर सहयोग गर्नेहरुमा बर्बतीय मार्ग उपभोक्ता समूह घारीपाटनका तर्फबाट युकेमा बस्नुहुने पन्चराम गुरुङ्गकि छोरी वर्षा गुरुङ सहितको टोलि रहेको छ ।

गुरुङ्गको टोलीले दोलखा सिंगटीको लादुक पुगेर नगत २ लाख र त्यहाका सबै दलित बस्तीमा रिचार्ज कार्ड राहत वितरण गरेका छन ।

त्यस्तै भूकम्पमा परी ज्यान गुमाउने मृतक परिवारलाई २ हजारका दरले किरिया खर्च एकल महिलालाई २ हजार ६ सय र दलित परिवारलाई १६ सयका दरले राहत वितरण गरेका छन।

त्यस्तै पोखराबाट दोलखा पुगेका पोखरा १७ स्थित छोरेपाटन उच्च माध्यामीक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराम पौडेलले चित्रे निम्न माध्यमिक बिद्यालय लादुकका प्रधानाध्यापकलाई विद्यालयलाई राहत स्वरूप २४ हजार ३ सय ११ रुपैया हस्तान्तरण गरेका छन् ।

उक्त राहत रकम बिपत व्यवस्थापन उपसमिति छोरेपाटन उच्च माध्यमिक बिद्यालय, जुनियर रेटक्रस समिति छोरेपाटन, युवा रेटक्रस समिति छोरेपाटन लगायतले सहयोग जुटाएर पठाएका हुन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी