कालोबजारी गर्ने दुई ब्यापारीविरुद्ध मुद्दा दायर

कालोबजारी गर्ने दुई ब्यापारीविरुद्ध मुद्दा दायर

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जेष्ठ ७ बनेपा 
विनाशकारी भूकम्पपछि आएको विपदको मौका छोपेर त्रिपाल र जस्तापाताको बिक्रीमा कालोबजारी गर्ने काभ्रेका दुई जना व्यापारीलाई सरकारले कालोबजारको कसुरमा मुद्दा चलाएको छ।
वाणिज्य विभागले आकस्मिक रुपमा गरेको बजार निरीक्षणका क्रममा खरिद मूल्यभन्दा धेरै गुणा नाफा लिएर त्रिपाल बेचेको भेटिएपछि बनेपा-१० स्थित दाप्चा भीमसेन ट्रेडर्सका प्रोप्राइटर निरकुमार श्रेष्ठलाई मुद्दा चलाइएको हो। श्रेष्ठलाई १८ फिट चौडाइ र २४ फिट लम्बाइको त्रिपालमा ८ सय ८८ रुपैयाँसम्म बढी मूल्य लिएको अभियोगमा मुद्दा चलाइएको हो। उनले यसरी बढी मूल्य लिएर १ सय १७ थान त्रिपाल बेचेको अभियोगमा उल्लेख छ।

यस्तै, विभागले पाँचखाल-३ स्थित श्रेष्ठ हार्डवेयर एण्ड पेन्ट सेन्टरका प्रोप्राइटर भीम श्रेष्ठविरुद्ध समेत कालोबजारीमा मुद्दा चलाएको हो। विभागबाट खटिएको टोलीले स्थलगत अनुगमन गर्दा श्रेष्ठले जस्तापाता (प्लेन सिट)मा बढी रकम असुलेको पाइएपछि मुद्दा दायर गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी