औद्योगिक क्षेत्रमा भूकम्पको असर कम

औद्योगिक क्षेत्रमा भूकम्पको असर कम

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, जेठ ७ ।

औद्योगिक क्षेत्रमा हालै गएको बिनासकारी भुकम्प र त्यस यताका पराकम्पले कयौं भौतिक संरचनामा क्षति पुगेको भएपनि औद्योगिक क्षेत्रमा भने खासै असर नभएको जनाएको छ ।

भूकम्पका कारण प्रभावित जिल्लाका शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक महत्वका कयौं भवनमा क्षति पुगेको भएपनि उद्योगमा कुनै पनि किसिमको क्षति नभएको उद्योग विभागले दाबी गरेको छ ।

भूकम्प गएपछि क्षतिको विवरण संकलन गर्नका लागि उद्योग विभागमा दर्ता भएका उद्योगलाई क्षति भए/नभएको बारेमा यथार्थ विवरण उपलब्ध गराउन मातहतको निकायलाई सूचना जारी गरिएको थियो । अहिलेसम्म उद्योगमा क्षति पुगेको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको उद्योग विभागले जनाएको छ । भूकम्प लगत्तै पीडितलाई सहयोग गर्ने सन्र्दभमा प्रभावित क्षेत्रमा खाद्य पदार्थ सप्लाई गर्ने कामको जिम्मेवारी विभागले लिएको थियो ।

विभागले उद्योगीसाग छलफल गरी विभागका कर्मचारी समेतको रोहवरमा उद्योगीले आ–आफ्ना उत्पादन थापाथलि स्थित खाद्य गोदाममा जम्मा गर्ने र प्राप्त विलको आधारमा मन्त्रालयले १५ दिन भित्र भुक्तानी गर्ने गरी खाद्यान्न संकलन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी