जेष्ठ ७ काठमाण्डौ ।
सर्वोच्च अदतलले २६ सभासद मनोनयन गर्ने अधिकार मन्त्रिपरिषदकै भएको भन्दै यसअघि जारी परमादेश खारेज गरेको छ।
न्यायाधीश गिरीशचन्द्र लाल, गोपाल पराजुली र दीपकराज जोशीको इजलासले बिहीबार विभिन्न क्षेत्र प्रतिनिधित्व हुनेगरी संविधानसभा सदस्य नियुक्ति गर्ने अधिकार सरकारकै रहेको भन्दै यसअघि अदालतबाट जारी भएको आदेश खारेज हुने निर्णय सुनाएको हो।
अन्तरिम संविधान २०६३ले समाजमा विशिष्ट योगदान पुर्यारएका र प्रत्यक्ष निर्वाचनबाट चुनिन नसकेको आदिवासी जनजातिलाई संविधान लेखनमा सहभागी गराउन सरकारले मनोनयन गर्ने भएकाले परमादेश खारेज हुनुपर्ने माग गर्र्दै पुनरावेदन परेको थियो।
राजनीतिक तहबाट नियुक्त हुने अधिकार हुनुपर्ने जिकिर गर्दै दायर पूनरावेदनमा फैसला गर्दै अदालतलेसरकारको तर्कलाई सदर गरेको हो।
यसअघि, संविधानसभामा २६ जना मनोनयनमा राजनीतिक आस्था भएका व्यक्तिलाई पार्न नमिल्ने जिकिर गर्दै सभासद विश्वेन्द्र पासवानले दायर गरेको निवेदनमा फैसला गर्दै सर्वोच्चले निश्चित मापदण्ड तोकेको थियो।
सर्वोच्चको पूर्ण इजालसले २६ जनाको नियुक्ति मन्त्रिपरिषदको कार्यक्षेत्रभित्र पर्ने भन्दै पुनरावलोकनको अनुमति दिएको थियो। उक्त निर्णयमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले मनोनयन गर्ने अधिकार सरकारको पोल्टामा पारिदिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline