सिन्धुपाल्चोकका २० स्थानका वस्ती सार्न उद्धार समितिको सुझाव

सिन्धुपाल्चोकका २० स्थानका वस्ती सार्न उद्धार समितिको सुझाव

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ,७ जेठ ।
भूकम्प प्रभावित सिन्धुपाल्चोकका २० स्थानका बस्तीलाई तत्काल अन्यत्र सार्न जिल्ला दैवी प्रकोप उद्दार समितिले संसदीय अनुगमन समितिलाई सुझाव दिएको छ ।

जिल्लाका बरुवा, बासखर्क, तातोपानी, बाह्रबिसे, मार्मिन, गुम्बा, फुलपिङकट्टी गाबिसका बस्तीलाई सार्न सुझाब दिएको छ । यस्तै माफ, घोर्थली, भोताङ, हेलम्बु लगायत गाविसका बासिन्दालाई तत्काल सार्नुपर्ने ठहर गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । स्थानीय राजनीतिक दल र सभासद्हरुले एकीकृत एकीकृत वस्ती विकास नीति लागु गर्नुपर्ने सुझाव दिएका छन ।

संसदीय अनुगमन समिति अन्तर्गतको उपसमितिले सिन्धुपाल्चोकबाटै नमुना पुनर्निर्माण शुरु गर्न माग गरेको छ । भूकम्पले अति प्रभावित सो जिल्लाका ६६ हजार घरधुरीमध्ये ६३ हजार घर ध्वस्त भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी