काठमाडौं, जेठ ७ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भूकम्पबाट क्षतिग्रस्त पूर्वाधार एंव सम्पदाको पुननिर्माणका लागि ‘स्मारक संरक्षण कोष’ स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सहयोग गर्न इच्छुक रहेका विदेशी व्यक्ति तथा संस्था र दात्तृ निकायको अलमलीलाई मध्यनजर गरी भिन्दै कोष खडा गर्न उपयुक्त रहेको निष्कर्ष निकाल्दै सरकारको नाममा निर्देशन दिएको हो ।
त्यसैगरी क्षतिग्रस्त धार्मिक र पुरातात्विक सम्पदाको क्षतिको प्रकृतिका आधारमा वर्गिकरण गरी विज्ञ, परातत्व विभाग, संस्कृति मन्त्रालय लगायत सम्बन्धित निकायको समन्वयमा पुानिर्माणको विस्तृत प्राविधिक योजना सहित निर्माण कार्य अघि बढाउन गुठी संस्थानलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा गुठी संस्थानका प्रतिनिधिले क्षतिको पुर्ण विवरण तथा सम्पदा संरक्षण योजना प्रस्तुत गरेको थियो ।