विप्लबले घर बनाएर सुरु गरे दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियान

विप्लबले घर बनाएर सुरु गरे दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियान

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ ७ जेठ ।

नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वमा रहेको नेकपा माओवादीले आज भूकम्पबाट बढी प्रभावित देशका विभिन्न १७ ओटा जिल्लामा एकै साथ दोस्रो चरणको उद्दार राहात वितरण तथा पुनर्निर्माण अभियान सुरुवात गरेको छ ।

माओवादी महासचिब विप्लवले रामेछापको मन्थलीमा स्थानीय दिल बहादुर बिक को भत्किएको घर बनाउदै अभियानको उदघाटन गरेका छन् ।

अभियानको उदघाटनका क्रममा आफ्नो भनाइ राख्दै विप्लवले भने हामीले राहत वितरण र उद्दारको काममा कुनै पक्षपात गर्ने छैनौ अब हाम्रो पार्टीले भूकम्पबाट पिडित जनतालाई खुल्ला आकाशमा बस्न दिने छैन ।

अभियानको उदघाटनको क्रममा माओवादीले स्थानीयवासीलाई ८ बोरा चामल ५० ओटा त्रिपाल लगायतका राहत सामग्री वितरण पनि गरेको छ । माओवादीले रामेछापमा भूकम्पबाट घर भत्किएकाहरुको बसोबासकालागी अस्थायी घर टहरा समेत निर्माण गरे बताएको छ ।

माओवादीले सुरु गरेको १७ ओटै अभियान टोलीमा  दुइ-दुइ जना इन्जिनियर समेत सहभागी भएका छन् रामेछापको टीममा कैलाली स्थायी घर भएका इन्जिनियर दोय भुवानी ओझा र किशोर लामिछाने रहेका छन् ।

अभियानमा सहभागी इन्जिनियरहरुले भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने बताएका छन् उनीहरुले भनेका छन् हामीले निर्माण गर्ने अस्थायी घर कम्तिको ३ बर्ष बस्न मिल्ने खालको हुने छ ।

त्यस्तै माओवादी नेता धर्बेन्द्र बास्तोलाले काठमाडौँको जमल, पार्टीका प्रबक्ता खडक बहादुर बिकले भक्तपुरको सुडाल, पार्टी केन्द्रीय सदस्य झक बहादुर मल्लले दोलखाको भिमेस्वर नगरपालिकामा अभियानको आजै उदघाटन गरेका छन ।

त्यस्तै पार्टी केन्द्रिय सदस्य एटम बुढाले सिन्धुपाल्चोकको जलाबिरे, पार्टी केन्द्रिय सदस्य संजिबले नुवाकोटको विदुर नगरपालिका, पार्टी केन्द्रीय सदस्य उत्तमले मकवानपुरको निम्टार, माओबादी निकट महिला संघकि तामसालिङ्ग संयोजक भृकुटीले रसुवाको धैगुम, पार्टी केन्द्रिय सदस्य सन्तोषी बिकले काभ्रेको पाचखाल, पार्टी केन्द्रिय सदस्य तेज प्रसाद अधिकारीले सिन्धुलीको क्यानेस्वरमा, अभियानको उदघाटन गरेको बताइएको छ ।

यस्तै उता भूकम्पबाट प्रभावित गण्डक क्षेत्रको जिल्लाहरुमा पनि आजै अभियानको उदघाटन गरिएको माओवादी तमुवान इन्चार्ज सावित्रा दुराले जानकारी दिइएकि छन ।

दुराका अनुसार लमजुङ्गमा पार्टी केन्द्रिय सदस्य चुनामणि ओली, तनहुँमा पार्टी केन्द्रिय सदस्य डीडी पाण्डे, कास्कीमा माओबादी नेता नन्दलाल तिवारी “जगन” को नेतृत्वमा अभियान टोलीले आजबाट काम सुरु गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी