चीनका परराष्ट्र सहायक मन्त्री जेनचाओ काठमाण्डौमा ।

चीनका परराष्ट्र सहायक मन्त्री जेनचाओ काठमाण्डौमा ।

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ,७ जेठ ।
भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ आज नेपाल आउनु भएको छ । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दुईदिने भ्रमणका लागि आउनु भएको नेपालस्थित चिनिया दूतावासले जनाएको छ ।

सहायक मन्त्री लिउले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ दुतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ ।

हिजो नै विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ । त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले भुकम्प पीडित प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी