आफै त्रसित हुदै अरुलाई साम्य बनाउन प्रयास गर्दाको अनुभूति

आफै त्रसित हुदै अरुलाई साम्य बनाउन प्रयास गर्दाको अनुभूति

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

म एक रेडियोकर्मी साहित्यप्रेमी पनि हु‘, अरुको आवाजलाई स्रोता अथवा जनता समक्ष पुऱ्याउने कोशस रेडियो ले गर्छ । कुरा २०७२ बैसाख १२ गतेको हो ,म साप्ताहिक कार्यक्रम मुक्तक दोभान रेकर्ड गर्दै थिए रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा ।
मुक्तक मा दक्खल राखिसक्नु भएका सर्जक उदास कार्कीको मुक्तक सग्रह उदास मन को केही मुक्तक वाचन गरी कार्यक्रम बाट बिदा माग्दै थिए एक्कासी बोल्दै गरेको माइक हल्यो , पुरै घर घुम्न लाग्यो मैले केही देख्न सकिन । म रेकर्ड कक्षको ढोका लगाएर आफ्नो कार्यक्रम रेकर्ड गरिरहेको भएर होला भाग्न निकै कठिन थियो । मैले जिन्दगीमा त्यस्तो दिन कहिल्यै देखेको थिइन । भुकम्प भन्ने साधारण जस्तो लाग्थ्यो, तर हैन रहेछ सबैलाई त्रासमा पुर्याउन यो निकै शक्तिशाली हुदो रहेछ । मलाई चिन्ता पहिले त आफ्नै रह्यो त्यस पछी अरुको समझना आयो मिनेट मिनेटमा खबर आउन थाल्यो । स्वयं हामी रेडियो कर्मी भएको नाताले र हाम्रै रेडियोको पनि भौतिक साधनमा केही क्षति भएका कारण हामीले प्रतक्ष्य प्रसारण लाई सोही दिनको २ बजे देखी शुरु गऱ्यौं । काभ्रे स्थित कोशीपारीमा रहेको मेरो घरको अवस्था के छ भन्ने मलाई नै थाह थिएन सम्पर्क हुन सकेको थिएन । रेडियोको तरङग बाटै हरेक जिल्लाको अपडेट गर्ने कोशीस मा हामी टिम नै लागी पर्‍यौ । रेडियो मिमिर्रे बाट धेरैको आवाज म उहॉहरुकै स्थानको समस्यालाई सरकारी निकाय सम्म पुऱ्याएर धेरैको समस्याको समाधान तर आफ्नो घरको अवस्था अझै पता लगाउन सकेको थिएन कोही भन्थ्यो हाम्रो पुरै गॉउ सखाप भएर कोही जिबित छैन ,कोहित तेरो दुबै घर भात्किएर सबै सखाब भए म एकदम पिडामा थि‘ए । तर बिस्वास थियो कि मेरो घर भात्किएनी घरमा केही भएको छैन । त्यही भएर बोल्न छाडिन आफ्नो कर्तब्य थियो धेरैलाई बचाउन सहयोग गर्नु सूचनाको मार्फतबाट ।
धेरैले भन्थे त्यो भात्किएको घरमा बसेर नबोल आफ्नो ज्यानको ख्याल गर परिवार को समझना गर तर म अनि अन्य साथीहरु आफ्नो कर्तब्य पालना गरिरह्यौं । धेरै सम्पर्क गरेर रुन्थे मेरो स परिवार नै छैन ,म एक्लिए तर म रुन सकिन किनकि मलाई अझ खबर आएको थिएन गॉउको अवस्था ,एक्कासी बाबाको फोन आयो अनि आनन्द महसुस भयो । मैले हत्तन पत्त कार्यक्रमलाई ब्रेक गर्न लगाए साहस जिलाई अनि आफ्नो घरको खबर सोध्न थाले बाबाको निकै अलिक पिडाको स्वर थियो त्यो समयमा बाबु हाम्रो दुबै घरमा बस्न नहुने भएको छ हामी कुसल छौ चिन्ता न ले बरु आफ्नो ख्याल गर तबा मेरो मन बल्ल हलुङग भयो । तर निकै सम्झे मैले पानास बालेर आफ्नो अध्ययन गरेको त्यो घरको ,मैले खेलेको अनि आमाको काखमा पल्टिने त्यो घरको कोठाहरु अब सपनामै सीमित रहयो आफ्नो पिडा थाम्न नसकेर अध्यारोमै भक्कनिएछु हामी कठोर भएर बोल्ने त यति रुने रहेछौ भने अरुलाई कति चिन्ता भयो होला मैले हरेक सेकेन्ड यही कुरा मनमा खेलाईरहे । रुने हरु रोहिरहेका थिए आफ्नो पिडामा कराउने हरु कराइरहेका थिए भोको पेटले मलाई एक गिलास पानी देउ भनेर तर सुन्ने कोही थिएनन सबै आफ्नै दुखमा रोमलिरहेको थिए । म धेरै हस्पिटल चाहारे प्राङगण भर लासको थुप्रो कठै मान्छेको जीवन ऑखामा आसुको धारा बग्थ्यो धेरै बिरामीहरुत झन त्यो घाउको पिडा खप्न नसकेर चिच्याउदै थिए डाक्टर सम्झाउथे न रुनुस ठिक हुन्छ हामी छौ । रुदा रुदै लासमा परीनात भयो कतिको सरीर मेरै अघी आफ्नो पिडात केहि हैन रहेछ लाग्यो । त्यति बेला न मलाई चोट थियो नत घरपरिवारकै कसैलाई । बस्ने ठाउ त बनाउन सकिन्छ भन्ने बिचार हरेक पल पलायो ,हरायो सबै त्रास मेरो अनि लागे फेरी अरुको पिडालाई ठुला निकाय सम्म पुऱ्याउन । निकै खट्नु भयो अरु साथीहरु पनि रेडियोमा ,पसल सबै बन्द हुँदा पनि हामी खोजेर भएनी एक पोका चाउचाउको भरमा पनि बोल्न बाध्य भएको थियो । त्यो चौरमा सुत्न पनि गयौं । एक पटक त तर अर्को दिन देखि आफ्m्नै डेरा आए,कारण मेरो डेरामा खासै कुनै क्षेती भएको थिएन एस्तै त्रासलाई साम्य पारे मैले आफु बस्ने घरको साथीहरुलाई ।
यही छ नितान्त यात्रा आफ्नो त्रासमा हैन अब आफ्नो घर बनाउन लाग्नुस तब सफल हुन सकिन्छ नत्र अरुको हावादारी कुरा नसुन्नुस जे पनि भन्छन अरुले त । थाहा नै पाउने भए किन यति धेरैको मृत्यु हुन्थ्यो कसैले केही भन्न सक्दैनन् यो भूकम्पको बारेमा सोही कारण आफु पनि त्रास पूर्ण जिबन यापन नगर्न अनुरोध गर्दछु कमल सर्गम रेडियो मिमिर्रे ८९ थोप्लो ४ अनामनगर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी