काठमाडौ, ७ जेठ ।
दोलखाको उत्तरी गाविस सिंगटिमा पुरीएका शव ननिकालिएका कारण सो क्षेत्र दुर्गन्धित भएको छ । अत्याधुनिक उपकरण नभएका कारण शव निकाल्न नसक्दा सिगटी बजारमा दुर्गन्ध फैलीएको हो ।
सिगटीमा अहिलेसम्म ३८ वटा शव निकालिएको छ । शव कुहिएर दुर्गन्ध फैलदा महामारी निम्तन सक्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।
सरकारले तत्काल शव ननिकाल्दा दुर्गन्द फैलनुका साथै कुकुर र स्यालले शवका टुक्रा बोकेर प्रदुशण फैलाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline