काठमाडौ, ७ जेठ ।
भूकम्प प्रभावित जिल्लामा विद्यालय सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार आउादो १७ गतेदेखि बिद्यालय संचालनका लागि सम्बन्धित जिल्ला शिक्षा अधिकारीहरुसाग छलफल भैरहेको छ ।
प्रभावकारी रुपमा पढाई सुरु हुन समय लाग्ने भएकाले अस्थायी कक्षाकोठा बनाएर विद्यार्थीसाग शिक्षकहरु बसि पाठ्यक्रमभन्दा पनि उनीहरुको मनोबैज्ञानिक अवस्था हेरेर पढाई सुरु हुने उहााले भनाई छ ।
विद्यालय पूर्ण रुपमा ध्वस्त भएका ठाउामा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित जिल्ला शिक्षा अधिकारीसाग छलफल भैरहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । वस्ती नै ध्वस्त भएका ठाउामा विद्यालय गाभेर पढाउने वा के गर्ने भन्ने विषयमा छलफल केन्ऽित भएको उहााको भनाई छ ।
अहिले नै पूर्ण रुपमा नसकिएपनि विद्यार्थी र शिक्षकलाई पहिलाकै अवस्थामा पुर्याउन पढाई आवश्यक रहेको उहााले बताउनुभयो ।