काठमाण्डौ, ६ जेठ ।
चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणमा भोलि काठमाडौं आउनुहुने भएको छ ।
भूकम्पपछिको नेपालको अवस्था तथा पुनः निर्माण एवम् राहतबारे आफ्ना नेपाली समकक्षीसँग छलफल गर्न उहाँ काठमाडौं आउनुहुने भएको हो ।
प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी छन् ।
सहायक मन्त्री नेतृत्वको टोलीले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline