काभ्रे, ६ जेठ ।
नेत्र बिक्रम चन्द “विप्लव” माओवादीले काभ्रेको भूकम्पबाट बढीप्रभावित क्षेत्र बालुवापाटी नालडुम ३ रानीबन छापमा राहत बितरण गरेको छ।विप्लव माओवादी निकट प्रबासीहरुले भारतमा संकलन गरेको राहत सामाग्री विप्लव आफै उपस्थित भएर वितरण गरेका हुन्।
बालुवाटारीका एक सय ९६ भूकम्प पिडित घर परिवारलाई माओवादीले चामल कम्मल त्रिपाल लगायातका राहात सामग्री वितरण गरेको हो। भूकम्पमा परी बालुवाटारिमा मात्र ४ जनाको मृतु भएको छ भने भूकम्पबाट काभ्रेमा ५१ हजार १ सय ७० घर पूर्ण रापमा ध्वस्त भएका छन्
त्यस्तै २३ हजार घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार हाल सम्म भूकम्पमा परी ३ सय ६१ जनाको मृतु भएको छ भने २२२ जना घाइतेभएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline