काठमाण्डौ,६ जेठ ।
ताप्लेजुङको सदरमुका फुङलिङ बजारकाअग्नि पीडितलाई आज एक कार्यक्रमबीच क्लीन ईनर्जी डिभलपमेन्ट बैँक, ताप्लेजुङ शाखाका व्यबस्थापक विकास विक्रम शाहाले ८७ हजार १ सय एघार रुपैयाँको सहयोग रकम चेक मार्फत जिल्लाविपद व्यवस्थापन समिति, ताप्लेजुङलाई हस्तान्तरण गरेकाछन् ।
गत चैत्र ९ गते साँझ ६ बजेर ३० मिनेटदेखि लगातार ३ घण्टासम्म आगो नियन्त्रण गर्न नसक्दा झण्डै आधाअर्व बराबरको धनमालजलेर नष्ट भएको थियो ।
यसैबीच एकीकृत नेकपा (माओवादी) जिल्लाकार्य समिति, ताप्लेजुङले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुखजिल्ला अधिकारी डमरु प्रसाद निरौलालाई माओवादी जिल्लाअध्यक्ष परागले नगद एक लाख छ्यालीस हजार सतरी हस्तान्तरण गरेका छन् ।
एमाओवादीले आफ्नो जिल्ला स्तरका कार्यकर्ता र शुभचिन्तकबाट सो सहयोग रकम संकलन गरेको बताएको छ ।
अग्नि पीडितको लागिअझै पनिपुर्ननिर्माण कार्यमा जनशक्ति आवश्यक परे माओवादीतयार रहेको अध्यक्ष परागको भनाई थियो । सहयोग रकमलिँदै प्रमुखजिल्ला अधिकारी डमरु प्रसादनिरौलाले सहयोग गर्ने दुवै संस्थाप्रति कृतज्ञता ज्ञापन गरे ।
बैँकका ब्यवस्थापक शाहाले सहयोगले अग्नि पीडितको घाउमा मल्हमहुने बताए । कार्यक्रममा प्रमुखजिल्ला अधिकारी, सशस्त्रप्रहरी बल प्रमुख र स्थानीयविकास अधिकारीको उपस्थिति रहेको थियो ।