अति प्रभावित जिल्लाको अनुगमनका लागि जाँदै भुगर्भविद सहितको टोली

अति प्रभावित जिल्लाको अनुगमनका लागि जाँदै भुगर्भविद सहितको टोली

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ, ६ जेठ ।

भूकम्पबाट अति प्रभावित ६ जिल्लामा अस्थायी बसोवास योजना निर्माणका लागि आजबाट भुगर्भविद् सहितको टोली अनुगमनका लागि जाँदैछ ।

प्रभावित जिल्लामा खटिने १८ वटा टोलीमा ३÷३ जना भुगर्भविद रहने उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत महतोको नेतृत्वमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, भूगर्भविद र नेपाल भौगर्भिक समाजको प्रतिनिधि सहितको टोलीे आजदेखि भूकम्पबाट अति प्रभावित जिल्लाको  स्थलगत अनुगमनमा लागि जान लागेका हुन् ।

टोलीले विनाशकारी भूकम्पबाट अतिप्रभावित जिल्ला गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र धादिङमा स्थलगत निरिक्षण तथा स्याटेलाइट डाटाको आधारमा एक साता भित्र प्रतिवेदन पेश गर्नेेछ । उक्त प्रतिवेदनको आधारमा गृहमन्त्रालयले अस्थायी पुर्नवास कार्यक्रमको तयारी गर्ने मन्त्री बस्नेतले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी