गोरखा, ५ जेठ ।
विनाशकारी भूकम्पपछि गोरखाका २२ वटा बस्ती वासिन्दालाई वर्षायाम अगावै सुरक्षित स्थानमा सार्नु पर्ने भएको छ ।
भूकम्पका कारण गएको पहिरो र जमिनमा धाँजा फाटेर बस्नै नसक्ने अबस्था देखिएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले यहाँका ११ वटा गाउँ विकास समितिका २२ वटा बस्ती सार्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार उत्तरी क्षेत्रमा रहेको लाप्राकमा भने बस्नै नसकिने अवस्था छ । लाप्राकको १ देखि ९ नम्बर बडाका सबै गाउँहरुलाई सुरक्षित स्थानमा सार्न सिफारिस गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline