यो डरको बिमारी कहिले सम्म हो
सधैं महामारी कहिले सम्म हो
बिज्ञानले पनि त बताउन सकेन
हल्ला हवादारी कहिले सम्म हो
जिन्दगी अघि बढाउनु पर्ने रहेछ
खाली आसु झारी कहिले सम्म हो
घर भत्केका छन् मन भत्केका छन्
त्रास अझै जारी कहिले सम्म हो
नियतीले नेपालीको भाग्य लेख्ने
दुखै दुख पारी कहिले सम्म हो
–राम शरण श्रेष्ठ, चिसापानी रामेछप
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline