रुपन्देहीका सीमा स्तम्भहरुको सर्भे तथा मर्मत कार्य शुरु

रुपन्देहीका सीमा स्तम्भहरुको सर्भे तथा मर्मत कार्य शुरु

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,५ जेठ ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत रुपन्देही जिल्लाका सीमा स्तम्भहरुको सर्भे र मर्मत गर्ने काम शुरु भएको छ ।

सीमा स्तम्भ मर्मतका लागि भारतका तर्फबाट सर्वेयर अनिल जोयल र नेपालका तर्फबाट सर्वेयर संजिव कुमार रावतको टोली खटिएको छ । सो टोलीमा नेपालको सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी समेत छन  ।

गत माघ २६ गते नेपाल र भारतका फिल्ड सर्भे टोलीको संयु्क्त बैठकले सीमा स्तम्भ मर्मत र अद्यावधिक गर्ने निर्णय गरेको थियो । सीमा सम्बन्धी फिल्ड कार्य संचालनको लागि गठित नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला तथा भारतीय जिल्लाका अधिकारीहरुको बैठक बसेको थियो ।

रुपन्देहीको सीमानामा ३६ सीमास्तम्भ पर्दछन् । तिमध्ये २९ स्तम्भ निरीक्षण भइसकेका छन् । बाँकी ७ वटा सीमा स्तम्भ भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको हुँदा सर्भे गर्न बाँकी रहेको जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सीमा जोडिएका ३६ स्तम्भमध्ये २९ वटा भारतको महाराजगञ्जसँग र ७ वटा सिद्धार्थनगर जिल्लासँग जोडिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी