जेष्ठ ५ काठमाण्डौं ।
नेपाली बिजनेस एसोसियसन मलेशियाले नेपालको विभिन्न भूकम्प पीडित जिल्लाहरुमा राहत वितरण गरेको छ ।
एसोसियसनले राहत पुग्न नसकेको नुवाकोटको देउराली गाविस वडा नं १,२ र ३ नं वडामा राहत पुऱ्याएको हो ।
एसोसियसनका अध्यक्ष राजन सुव्वाको नेतृत्वमा गएको टोलीले सो क्षेत्रमा करीब ४ सय घर धुरीलाई चामल, नुन, तेल , दाल लगायतका अन्य उपभोग्य सामानहरु वितरण गरेको हो ।
यसै गरी सुव्वाको नेतृत्वकै टोलीले गोरखाको आरु आरबाङ गाविसको वडा नं ६ र ७ मा पनि खाद्यन्न सहितका राहत सामाग्रीहरु वितरण गरेको एसोसियनले जनाएको छ ।
एसोसियसनले राहत दिए पछि गोरखा र नुवाकोटका पीडित स्थानीयहरु निकै खुसी भएका थिए ।
राहत वितरणको अवसरमा एसोसियनका अध्यक्ष राजन सुव्वाले आगामी दिनमा पनि यसरी भै परी आउने दुख: पीडाको अवस्थामा जनताको सेवा गर्न पछि नपर्ने बताउनु भयो ।
उक्त राहत टोलीमा नायक अर्जुन कार्की र करण केसी पनि सहभागी हुनुहुन्थ्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



