भूकम्प प्रभावित जिल्लामा ६ विद्यालय पुननिर्माण

भूकम्प प्रभावित जिल्लामा ६ विद्यालय पुननिर्माण

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाण्डौ, ६ जेठ ।

एकीकृत माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीले भूकम्प प्रभावित जिल्लामा ६ विद्यालय पुननिर्माण गरी पढ्न मिल्ने बनाएको छ ।

गोर्खामा ३ र कास्की, नुवाकोट र झापामा एक एक विद्यालय पुनर्निर्माण गरिएको हो । गोर्खाको स्वारा ८ मा उराजङ प्रावि, ग्याजी सिउरपानीमा मुलदेवी प्रावि र घैरुङमा सिजाली माविको भवन पुननिर्माण गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो ।

यसैगरी कास्कीको भगवती मावि दानसिङ र नुवाकोटको चण्डेश्वरी मावि तुप्चे र झापाको दमक १० स्थिति दिपिनी निमाविको भवन मर्मत गरिएको छ ।

दिपिनी मावि झापाको बाासको टहरो बनाइ माथिबाट त्रिपाल लगाइएको छ । सो टहरोलाई अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी