काठमाडौा ,जेठ ५ ।
ब्यवस्थापिका संसद अन्तरगतको कृषि तथा जलश्रोत समितिले कृषि क्षेत्रमा तोकिएको बजेट सिलिङ्ग नतोड्न निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले भुकम्पले अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि गम्भीर असर पुर्याएको निष्कर्ष निकाल्दै तत्काल सम्बोधन नगरे उत्पादन घट्ने तथा त्यसको दीर्घकालिन असर मुलुककै अर्थतन्त्रमा पर्नेभएकाले तोकिएको बजेट सिलिङ्गको रकम नतोड्न राष्टिय योजना आयोगको ध्यानाकर्षण गराएको हो ।
बैठकले भुकम्पले कृषि क्षेत्रमा पुऱ्याएको गम्भीर क्षतिको तत्काल सम्बोधन नगरे उत्पादन घटेर खाद्यान्न संकट लगायत जनजीविकामा नकारात्मक प्रभाव पार्ने भएकाले आगामी बर्षका लागि तोकिएको बजेटको सिलिङ्गको ४० प्रतिशत रकम पुर्न निर्माणका लागि छुट्याउने प्रस्ताव पुर्न्विचार गरी सो बजेट कृषि क्षेत्रमा नै प्रयोग हुने सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण गराएको हो ।
त्यस्तै बैठकले अल्पकालिन योजना कार्यतालिका अनुरुप कार्यान्वयन गर्न र सो को प्रगति विवरण प्रत्येक हप्ता समितिमा पेश गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी राहत वितरणमा कतिपय स्थानमा अखाद्य र गुणस्तरहिन रहेको सन्र्दभमा प्रभावकारी अनुगमन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।