५ जेठ, काठमाडौ ।
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने दाबी गर्नुभएको छ ।
विनाशकारी भूकम्पपछि आफनो पार्टीले गरेका काम कारबाहीबारे जानकारी दिन आज स्वयम्भूको भुइाखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले राजनीतिक रुपमा भूकम्प गयो भने त्यसको नेतृत्व आफ्नो पार्टीले लिने दाबी गर्नु भयो ।
उहााले महाविपतिका बेलामा पीडितमाथि राहत वितरणमा अनियमितता भएको गुनासो आएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
विपद व्यस्थापनका लागि ठूलो चुनौती भएको भन्दै दलका नेताहरुले राष्ट्रिय सरकार गठन गरिनुपर्ने आवाज उठाइरहेका बेला वैद्यले भने त्यस्तो सर्वदलीय सरकार आवश्यक नभएको बताउनु भएको छ ।
अध्यक्ष बैद्यले सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउदै विपत व्यवस्थापनका लागि सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाई जिल्लादेखि वडासम्म नै यस्तो संयन्त्र बनाउनुपर्ने सुुझाव समेत दिनु भयो ।