काठमाडौ ५ जेठ
सरकारले राजधानीमा मापदण्ड विपरित बनाइएका घरहरु भत्काउने भएको छ । भूकम्पले क्षति नभए पनि त्यस्ता सबै भवन दोस्रो चरणमा भत्काउने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका भवन भत्काउने कार्य भइरहेको र दोस्रो चरणमा मापदण्ड विपरित बनाइएको घर भत्काउने तयारी भएको उहाको भनाई छ ।
जिल्ला प्रशासनमा मापदण्ड विपरीत बनाइएका घर भत्काउन माग गर्दै स्थानीयले निवेदन दिएका छन । मापदण्ड विपरीतका घर पहिचान गरी सुरुमा घरमालिकलाई नै भत्काउन लगाउने र नभत्काएमा प्रशासनले नै भत्काउने तयारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline