सम्पूर्ण निकाय उद्वार र पुर्ननिर्माणमा लागिरहेका मौका पारी नेपालगन्ज कारागारका कैदि र बन्दीका आफन्तले एक पटकलाई आममाफी दिन आग्रह् गरेका छन् ।
उनीहरुले राणाकालमा बनाएको बन्दी गृह जिर्ण रहेकाले भुम्कप आउदा कैदीबन्दीको एकै चिहान हुने भन्दै बाकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकमार्फत एक पटकलाई आममाफी दिन माग गर्दै राष्ट्रपतीलाई ज्ञापन पत्र पठाएका छन् ।
आज मध्यान्ह जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा ठुलो सङ्यामा जम्मा भएका कैदि र बन्दिका आफन्तले जिर्ण कारागारमा क्षमता भन्दा बढि कैदिबन्दी भएकाले ज्यान खतरामा परेको भन्दै एक पटकलाई कैद मिनाहा गरेर घरपरिवारसग एकै साथ रहने बातावरण मिलाउन सरकारसग आग्रह गरेका छन् ।
कैदीबन्दीका आफन्त कृपाराम तमौली ज्ञापन पत्र बुझदै बाकेमा प्रमुख जिल्ला अधिकारी लेखकले मागहरु छिटै नै सम्बन्धित निकायमा पठाउने जानकारी दिनुभयो । अहिले नेपालगन्ज कारागारमा क्षमता भन्दा २ गुणा केन्दीबन्दी रहेका छन् ।
कार्यक्रममा कैदिबन्दीका आफन्त विभिन्न राजनीतीक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline