काठमाडौा, ४ जेठ
भूकम्पबाट पर्यटन क्षेत्रमा भएको क्षतिको सामना गर्दै पर्यटन पुनरुत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।
पर्वतारोहण, पदयात्रा, दृश्यावलोकन तथा काठमाडौा उपत्यका भित्रका पुरातात्विक एवम् सांस्कृतिक सम्पदा क्षेत्रमा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा पर्यटन पूर्वाधार मर्मत सुधार तथा नवनिर्माणका कार्य अघि बढाउन लागिएको हो ।
भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुन:निर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाउने तयारी भएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बताउनु भयो ।
उनले पर्यटकीय पदमार्ग बिग्रेका र तिनको मर्मतका लागि मात्र करिब तीन करोड लाग्ने प्रारम्भिक अनुमान गरेपनि भूकम्पले पर्यटन क्षेत्रमा पारेको क्षतिको आधिकारिक विवरण आउन अझै समय लाग्ने उहाको भनाई छ ।