एमालेले थाल्यो ‘गाउ–गाउबाट उठ’ अभियान ।

एमालेले थाल्यो ‘गाउ–गाउबाट उठ’ अभियान ।

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, जेष्ठ ३ ।

नेकपा (एमाले) ले राहत र पुन:स्थापनाका लागि एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी मूख्यालय बल्खुमा आज विहान बसेको स्थायी कमिटी बैठकले आगामी जेठ १० गतेदेखि असार १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वयंसेवक परिचालन निर्दे्शिका–२०७२’ पारित गर्दै सचिव गोकर्ण बिष्टको संयोजकत्वमा पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्ऽीय सदस्य सम्मिलित ७५ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

‘नेपाली श्रम, नेपाली मन र नेपाली धन नै राष्ट्रको नवनिर्माणका मुख्य आधार’ र ‘नेपाली योजना: अन्तर्रा्ष्टि्रय साथ, राज्यको नेतृत्व: हरेक नेपालीको हात’ भन्ने आह्वानकासाथ स्वयंसेवकहरु भूकम्प प्रभावित जिल्लाहरुमा राहात तथा पुनस्र्थापनाको कार्यमा खटिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।

भूकम्पबाट अत्यधिक प्रभावित र राज्यबाट सङ्कटग्रस्त घोषणा गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिक्षेत्र एक सय जनाको दरले स्वयंसेवक टोली गठन गरिनेछ ।प्रत्येक टोलीमा न्यूनतम एक– एक जना इञ्जिनीयर/ओभरसियर, तालिमप्राप्त सिकर्मी–डकर्मी, स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र अन्य प्राविधिकहरू रहने छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी