काठमाडौं, जेष्ठ ३ ।
दोलखामा उद्धार गर्न गएका बेला दुर्घटना परि निधन भएका नेपाली सेनाका २ र अमेरीकी सेनाका ६ सेनाको शब आज काठमाण्डौ ल्याइएको छ । छेद बिच्छेद अबस्थामा रहेका शबलाई अमेरिकी सेनाकै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । यस्तै नेपाली सेनाले दुर्घटनाको छानविन गर्न हवाई महानिर्देशनालयका सहायक रथी पाइलट सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदसिय समिति बनाइएको छ ।
सैनिक मुख्यालयले घटना अध्ययन गरी प्रतिवेदन बुझाउन छानविन समितिलाई दुई दिनको समय दिएको छ । यसैबीच अमेरिकाले पनि अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाबारे आन्तरिक छानबीन थालेको जनाएको छ । ६ जना अमेरिकी सेना र दुई नेपाली सेना गरी आठ जना सहितको अमेरिकी हेलिकप्टर उद्धारका लागि गएको बेला गत मंगलबार सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline