काठमाडौं ३ जेठ ।
भूकम्पबाट समस्यामा रहेका विशेष अवस्थाका व्यक्तिका लागि सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले गर्भवती, सुत्केरी वा अरु समस्या भएका महिला, जेष्ठ नागरिक, बालबालिकाका तथा अपाङ्गता भएकाहरुका लागि संक्रमणकालीन पुनस्थपना केन्द्र स्थापना गर्ने गरी तयारी थालेको हो ।
त्यसका लागि सम्वन्धित क्षेत्रबाट विशेष व्यवस्था ल्याउने गरी तयारी भइरहेको मन्त्रालयका सह–प्रवक्ता रामप्रसाद भट्टराईले बताउनुभयो । मन्त्रालयले विभिन्न आठ जिल्लामा लैङ्गिक हिसांबाट पीडित, बेचविखनबाट प्रभावित महिलालका लागि आवास केन्द्र स्थापना गरेकाले तत्कालका लागि बढी प्रभावित महिलालाई त्यसमा राख्ने व्यवस्था मिलाएको जानाएको छ ।
काठमाण्डूमा जेष्ठ नागरिकका लागि केही दिन भित्रै पुनस्थापनका केन्द्र सञ्चालन तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।