यार्षा गुम्बा संरक्षण व्यवस्थापन योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला गोष्टि सम्पन्न

यार्षा गुम्बा संरक्षण व्यवस्थापन योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला गोष्टि सम्पन्न

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले आज यार्षा गुम्बा संरक्षण व्यवस्थापन योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला गोष्ठि सञ्चालन गरेको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला र कैलाश संरक्षण तथा विकास कार्यक्रमको संयुक्त आयोजनामा सञ्चालन भएको कार्यशाला गोष्ठिको सञ्चालन अपि नाम्पा संरक्षण कार्यालयका सहायक संरक्षण अधिकृत राजु घिमिरे गर्नुभएको थियो ।

यार्षा गुम्बा संरक्षण क्षेत्र अन्तरिम परिषद अध्यक्ष ललित बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवर प्रमुख अतिथि रहनु भएको थियो ।

संरक्षण अधिकृत असोककुमार रामले स्वगत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको उद्दघाटन प्रमुख अतिथि प्रेम सिह कुवरले व्यानर पढेर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संरक्षण अधिकृत अशोककुमार रामले भने जडिबुटिको व्यवस्थापन र संरक्षण भएन भने यस क्षेत्रका बासिन्दाहरुको जिविकोपार्जन मै प्रश्न चिन्ह खडा हुने बताउनु भयो ।

वर्षेनी ९ सय किलोग्राम बिक्रि हुने यार्सामध्ये प्रतिकिलोग्राम १० हजारका दरले राजस्व प्राप्त हुने भएकोले पनि विकासका पुर्बाधारका साथै आफ्नो जीवन शैलीमा पनि परिवर्तन गर्न सकिने उहााको भनाई रहेको छ ।

उहााले ‘दार्चुलामा यार्सामात्रै नभएर अन्य जडिबुटिहरुको पनि उत्तिकै सम्भावना रहेकोले वन संरक्षणमा हामी सबै लाग्यौ भने यसबाटै वार्षिक ९० लाख राजस्व सकङ्लन गरि प्रतिवर्ष १ लाख जनाको जिविकोपार्जन गर्न सकिन्छ ।’ भन्नुभयो ।

वन संरक्षणको लागि यार्सा सङ्कलनको समयमा वनमा जथाभावि फोहर, सिसाजन्य बस्तुहरु नफल्ने, जथाभावि रुखविरुवाहरु नकाट्ने, जथाभावि दिशापिसाव नगर्ने गरेमा पुस्तौसम्म पनि जिविका चलाउन जिल्ला बाहिर जानु नपर्ने उहााको भनाई थियो ।

नेपालका २७ हिमाली जिल्लामा पाईने यार्साका लागि दोस्रो प्रख्यात जिल्लाका रुपमा र घुषा गाविस जिल्लाकै सबैभन्दा बढी यार्सा पाईने ठाउका रुपमा परिचित रहेको पनि उहााले बताउनु भयो ।

यार्सा सङ्कलनकै क्रममा धेरैजसो व्यक्तीको मृत्यु हुने, वर्षेनी हुने दुर्घटनबाट बच्न हामीले नीति नियम बनएर व्यवस्थापनको लागि लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कैलाश संरक्षण तथा विकास कार्यक्रमकी कोरिनाले यार्सा सङ्कलनको लागि अहिलेसम्म भएका प्रयासहरुमा दिगो सङ्कलन गर्ने तरिका, फहोर व्यवस्थापन, बैज्ञानिक सङ्कलन प्रबिधिको ज्ञान, सङ्कलन कर्ताहरुलाई जनचेतना फैलाउने जस्ता कार्यहरुमा सबैले लाग्नुपर्ने बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी