चौलानीमा भेटिएको शवको सनाखत हुन सकेन

चौलानीमा भेटिएको शवको सनाखत हुन सकेन

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २ जेठ ।

दार्चुलाको सर्माली वडा नं.२ स्थित चौलानी नदीमा एक व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको छ । हिजो साझ करिब ६ तिसबजेतिर चौलानी नदि किनारमा उक्त शव फेला परेको हो ।

एउटा शव नदि किनारमा छ तर कसको हो थाहा छैन भन्ने खवर स्थानियले ईलाका प्रहरी कार्यलय गोकुलेश्वर लाई गरेपछि इप्रका.गोकुलेश्वर बाट प्रहरी टोलीे साँझ करिव ७ बजेर ५० मिनेट तिर घटना स्थलमा पुगेर घटनाको जाँजबुझ गरि पोष्टमाटमका लागी शव गोकुलेश्वर अस्पतालमा पु¥याएरको भएपनि अहिलेसम्म आफन्तले खवर नगर्दा पोष्टमार्टम गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ५५ वर्षिया वृद्धको शव ईप्रका गोकुलेश्लरबाट झण्डै ५ किलोमिटर पश्चिममा भेटीएको थियो जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

चमेलिया नदिमा भेटीएको शवको पुष्टि

दार्चुलाको शर्मोली गाविस स्थित चमेलिया नदिमा भेटिएको शवको सनाखत भएको छ ।

हिजो साँझ चमेलिया नदिमा बग्दै गरेको अवस्थामा भेटीएको उक्त सव रिठाचौपाता गाविस मैखोलीका गङ्गवा जोशिको भएको पुष्टि भएको हो ।

जोशिको कपडा फेला परेको ठाउंमा नुहाउने ठाउं नभएकोले आत्महत्या गर्न हाम फालेको हुनु सक्ने प्रहरीले अनुमान गरेको छ ।
आत्महत्याको कारण खुल्न सकेको छैन । शव पोष्र्टमार्टमाका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र आजै आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी