पत्रकार पन्थीद्वारा १ लाख बराबरको राहत सामग्री प्रदान

पत्रकार पन्थीद्वारा १ लाख बराबरको राहत सामग्री प्रदान

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २ जेठ ।

बैशाख १२ गते नेपालमा गएको महाभुकम्प र गत मंगलबारको भुकम्पबाट प्रभावित भुकम्पपीडितलाई राहतस्वरुप रुपन्देही सैनामैना नगरपालिका १० का हरी पन्थी र उनको परिवारले रु १ लाख बराबरको जिन्सी सामग्री सहयोग गरेको छ ।

हाल जापानमा पत्रकारिता एवंम विभिन्न संघ संस्थामा सक्रिय रहँदै आएका पन्थीले नेकपा माओवादी रुपन्देहीका सेक्रेटरी शरद ओली र क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीका संयोजक प्रकाश डुम्रेमार्फत १ लाख बराबरको ९० थान कम्बल, ५४ थान त्रिपाल सहित आवश्यक सामग्रीहरु आज पन्थीको बुवा कमल पन्थी र पत्नी सिता पन्थीले हस्तान्तरण गरेका हुन् ।

पन्थी परिवारले नेपालीको दुखमा आफुहरुले सकेको सहयोग गरेको भन्दै पीडितहरुलाई छिटै उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

सामग्रीहरु ग्रहण गर्दै ओलीले पन्थी परिवारले गरेको सराहनीय कामको प्रंशसा गर्दै राहत केही दिनमै भुकम्पपीडितकै हातमा पु¥याउने बताए ।

ओलीले नेकपा माओवादी रुपन्देही जिल्लाले पनि राहत संकलन अभियान सुरु गरेको बताउँदै सबै क्षेत्रगत रुपले राहत संकलन अभियानमा लागेको बताए ।

पन्थीले उपलब्ध गराएको राहत सामग्री पीडितसमक्ष पु¥याउन आउँदो बुधबार क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीका संयोजक डुम्रेसहितको टोली गोर्खा जादै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी