विपत्‌को मौका छोपी क्रिश्चियन धर्म प्रचार

विपत्‌को मौका छोपी क्रिश्चियन धर्म प्रचार

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

जिल्लामा १५ वर्षदेखि काम गर्दै आएको एक वल्र्ड भिजन नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लमजुङका भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा क्रिश्चियन धर्म प्रचारमा लागेको रहस्य खुलेको छ।

संस्थाले सरकारको स्थानीय संयन्त्रालाई समेत बाइपास गरी धर्म फैलाउने खालको कार्यक्रम अघि बढाएको हो।

विनाशकारी भूकम्पले जिल्लामा पुर्याएपछि जिल्लावासी राहतमा जुटिरहेको मौकामा सो संस्थाले क्रिश्चियन धर्मको प्रचार गर्ने ‘च्यानल अफ होप’ कार्यक्रम सञ्चालन गरिरहेको रहस्य खुलेको हो ।

जिल्ला प्रशासन कार्यालयले धर्म परिवर्तन गर्ने कार्यक्रम गर्न स्वीकृती दिएको छैन । तर, यो संस्थाले सरकारी संयन्त्रलाई समेत चुनौती दिँदै क्रिश्चियन धर्म प्रचार गर्नैका लागि ‘च्यानल अफ होप’ कार्यक्रम थालेको हो ।

गैससले कार्यक्रम चलाउन जिल्ला विकास समिति, जिल्ला प्रशासन र सम्बन्धित लक्षित बर्गका कार्यालयको अनिवार्य सिफारिस लिनुपर्ने प्रावधान छ । लमजुङमा ‘बालसुरक्षा’ मा केन्द्रीत सो कार्यक्रम चलाउन जिल्ला प्रसाशनमा प्रस्तावना पेश भएको थियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला बालकल्याण समितिको बैठकबाट सो प्रस्ताव अस्वीकृत भएको थियो ।

अन्नपूर्ण पाेस्टबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी