काठमाडौं, २ जेठ ।
वैशाख १२ को विनाशकारी पछि पनि स साना भूकम्पको धक्का महसुस हुनेक्रम जारी छ । आज बिहान ४ रेक्टर भन्दा माथिका ५ वटा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केनद्रले जनाएको छ । बिहान ६ बजेर ३१ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
यसअघि बिहान ६ बजेर ११ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केल, ४ बजेर २८ ४ दशमलव १ रेक्टर स्केल र ४ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिनु भयो । यसैगरी २ बजेर १५ मिनेटमा पनि गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline