जिन्सीभन्दा नगद नै सहयोग गर्नुस् : अर्थमन्त्री

जिन्सीभन्दा नगद नै सहयोग गर्नुस् : अर्थमन्त्री

  • शुक्रबार, जेष्ठ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, १ जेठ ।

अर्थमन्त्री डा. रामशरण महतले विदेशी दाताहरुलाई राहत सामाग्री वा जिन्सीभन्दा नगदमा नै सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री डा. महत, योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल र अर्थसचिव सुमनप्रसाद शर्माले आज सिंहदरबारमा आयोजित दाताहरुसँगको छलफल कार्याक्रममा भूकम्पपछिको नेपालको यथास्थितीमा प्रस्तुत गर्दै नगद सहयोग गर्न आग्रह गर्नुभएको हो ।

दातृ निकायहरुले भूकम्पले ध्वस्त बनाएका संरचना पुननिर्माणका लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन । आज अर्थमन्त्रालयमा आयोजित सम्मेलनमा सहभागी ३५ देशका दाताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुनः निर्माणका लागि दाताहरुले प्रतिवद्धता गर्ने रकम समावेश गर्ने मन्त्री महतले जानकारी दिनुभयो । उहाले कम प्राथमिकताका आयोजनाहरुको बजेट कटौती गरेर अत्यावश्यक पुननिर्माणमा खर्चिने पनि जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी